महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन सकेन’: अध्यक्ष तिमिल्सिना
राजनीति
चितवन, २५ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महत्वपूर्ण ऐन बन्न नसक्दा सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ । सञ्चारकर्मीसँग यहाँ आज कुराकानी गर्दै उहाँले सङ्घीयता कार्यान्वयनमा आए पनि केही ऐन बन्न बाँकी रहेका बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “हिउँदे अधिवेशनमा ती ऐन बन्ने विश्वास छ, त्यसपछि सङ्घीयता पूर्णरुपमा कार्यान्वयनमा आउँछ ।” सङ्घीयतका धेरै विषय कार्यान्वयनमा आइसकेको उहाँले बताउनुभयो ।
प्रहरी समायोजनसम्बन्धी ऐन, निजामती सेवा ऐन र शिक्षा ऐन बन्न नसक्दा समस्या भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । “शिक्षा ऐन छलफलको क्रममा रहेको छ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
