`

वर्षाका कारण श्रीलङ्कामा १५ हजार परिवार विस्थापित

Nepal One HD २७ पुष २०८० ७:५१
विश्व

श्रीलङ्कामा हालैका दिनहरूमा प्रतिकूल मौसमका कारण १५ हजारभन्दा बढी परिवार प्रभावित भएका छन् ।विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का महानिर्देशक सुदन्थ रणसिङ्घेले बिहीबार दिएको जानकारी अनुसार लगातारको भारी वर्षाका कारण पूर्वी प्रान्तको अम्पारा जिल्लामा १५ हजार ३६३ परिवार प्रभावित भएका छन् ।

अम्पाराका जिल्ला सेक्रेटरी चिन्थका अबेविक्रमले सबैभन्दा बढी प्रभावितलाई घर बनाउन आठवटा राहत शिविर स्थापना गरेको बताउनु भएको छ । रणसिंहेले वर्तमान प्रतिकूल मौसमले उत्तर मध्य, उत्तरी र पूर्वी प्रदेशमा बढी असर गरेको बताउनु भएको छ

सिँचाइ विभागले राखेका ठूला ट्याङ्कीको पानीको स्तर ९५ प्रतिशत रहेको र सिलोन विद्युत बोर्ड र महावेली प्राधिकरणले व्यवस्थापन गरेका ट्याङ्कीमा पानीको सतह करिब ९७ प्रतिशत रहेको उहाँले बताउनु भएको छ।यसैबीच, देशको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पानी पर्ने क्रम कम हुने जनाएको छ ।


प्रतिक्रिया