`

मुलुकलाई आर्थिक बिकासमा केन्द्रीत गर्ने वर्तमान सरकारको प्राथमिकता हो : परराष्ट्रमन्त्री साउद

Nepal One HD १५ माघ २०८० १६:१५
राजनीति

काठमाडौँ / परराष्ट्रमन्त्री एनपी साउदले मुलुकलाई आर्थिक बिकासमा केन्द्रीत गर्ने वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन् । भारतको ७५ औं गणतन्तत्र दिवसका अवसरमा नेपाल भारत मैत्री अस्पतालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री साउदले आत्मनिर्भर नभइ कुनै पनि देशमा स्थायीत्व र शान्तिको बिकास हुन नक्ने भन्दै आर्थिक बिकासमा केन्द्रीत गर्ने वर्तमान सरकारको प्राथमिकता भएको बताएका हुन् ।

मन्त्री साउदले लामो समयसम्म नेपालीलाई गरिवीको रेखामुनी राख्न नसकिने भन्दै आर्थिक बिकासका लागि अग्रसर हुने ठाँउको खोजि गर्नुपर्ने धारणा राखेका छन् । नेपालको बिकासका लागि भारतको सहयोग र सम्बन्ध आवश्यक रहेको उनले बताए । उनले रामायण सर्किटलाई सार्थक रुप दिन सके नेपालमा भारतीय पर्यटकहरुको संख्या बढ्ने जिकिर पनि गरेका छन् । मन्त्री साउदले नेपाल र भारतबीचका सीमा समस्या वार्ताका माध्यमबाटै कुटनीतिक तवरले समाधान गरिने बताए ।

कार्यक्रममा सहभागीहरुले नेपाल भारत सम्बन्धको चर्चा गर्दै यसलाई थप प्रगाढ बनाउदै लैजानुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया