क्यानडाविरुद्धको सिरिजका लागि नेपाली टोली घोषणा


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडाविरुद्धको सिरिज तथा आइसीसी पुरुष सीडब्लुसी लिग–२ का लागि टिमको घोषणा गरेको छ । क्यानले क्यानडाविरुद्धको टिममा यू–१९ कप्तान देव खनाल, हेमन्त धामी, रिजन ढकाल,आकाश चन्द र सुर्य तामाङ जस्ता युवा खेलाडीलाई अवसर दिएको छ ।
त्यस्तै अनिल शाहले लामो समयपछि टिममा कम ब्याक गरेका छन् । त्यसैगरी सीडब्लुसी लिग–२ का लागि सुर्य तामाङ र रिजन ढकाललाई टिममा समावेश गरेको छ । नेपालले क्यानडाविरुद्ध फेब्रुअरी ८ र १२ मा दुई खेल खेल्ने छ भने लिग–२ का खेल फेब्रुअरी १५ देखि २४ सम्म काठमाडौँमै खेल्ने छ ।
लिग–२ त्रिकोणात्मक सिरिज हुने छ भने यसमा नेपालसहित नामिबिया र नेदरल्याण्डस खेल्ने छन् । क्यानडासँग खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिल कुमार शाह छन् ।
त्यस्तै, लिग २ खेल्ने नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र ऐरी, गुलशन झा, सोमपाल कामी, करन केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।
