`

तत्काल सङ्घीय सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

Nepal One HD २२ माघ २०८० ६:४९
राजनीति

काठमाडौँ- जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आईतबार बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।प्रवक्ता यादवका अनुसार आजको बैठकमा पार्टीको अबको कार्यदिशा कस्तो हुन्छ भन्नेबारे पार्टी अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ । जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपको बारेमा प्रस्ताव छ । त्यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।


प्रतिक्रिया