ललितपुरमा घरको छतबाट हामफालेर आमाको मृत्यु, अचेत अवस्थामा भेटिएका छोराछोरीको पनि गयो ज्यान
प्रमुख खबर
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका ६ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए ।
घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा रविना महर्जन गम्भीर घाइते भएकी थिइन् । उनको किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
