मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्छ : सभामुख घिमिरे
काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउन राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सभामुख घिमिरेले व्यवस्था प्रति बढेको वितृष्णा अन्त्य गर्न , राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि राजनैतिक दलहरु बीच छलफल र सहकार्य हुनुपर्ने बताएका हुन् ।
उनले केहिको चाहनाका आधारमा व्यवस्था नै परिवर्तन हुने स्थिति नभएको र जनतामा देखिएको निराशा अन्त्यका लागि राजनीतिक दलहरु र नागरिकहरु एकतावद्ध हुनुपर्ने बताए । सभामुख घिमिरेले भर्खरै सुरु भएको संसदको हिँउदे अधिवेशनलाई बिगतको अनुभवका आधारमा गतिशिल बनाएर लैजानुपर्ने धारणा पनि राखेका छन् ।
उनले सरकारले चालू अधिवेशनमा सरकारले करिब ६१ वटा विधेयकहरु ल्याउने तयारी गरेकाले यसपटक धेरै कानुन निर्माण हुन सक्ने जिकिर गरेका छन् ।
