६ जना पत्रकार सम्मानित


काठमाडौ । नेवाः पत्रकार राष्ट्रिय दबूले ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दबूले शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार सञ्चारकर्मी सिल्भिया राजोपाध्यायलाई प्रदान गरेको छ । त्यस्तै भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार मेट्रो एफएममा क्रियाशील उदेन मानन्धरलाई प्रदान गरिएको छ भने ज्ञानज्योति– लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार विश्वन्तर शाक्यलाई प्रदान गरिएको छ । त्यस्तै ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार रामेछापका पत्रकार युवराज श्रेष्ठलाई, बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटोपत्रकार बुद्धशरण शाहीलाई प्रदान गरिएको छ ।
त्यस्तै श्रीरामस्मृति पत्रकारिता पुरस्कार भक्तपुरका पत्रकार रेणु त्वानावासुलाई प्रदान गरिएको छ । पुरस्कारबितरण कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष गजुरधन राईले पत्रकरिता क्षेत्रले समाजलाई अघि बढाउन जिम्मेवार भएर भूमिका खेल्नुपर्ने बताए । कार्यक्रममा सञ्चारमाध्यमको समावेशीकरण सहित नेपालभाषा र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने पत्रकार दण्ड गुरुङ, गोरखापत्रका सल्लाहकार सम्पादक उपेश महर्जन र गुठी संस्थानका केन्द्रीय प्रशासक किरण शाक्यलाई विशेष सम्मान गरिएको थियो ।