`

उपकुलपति नियुक्तिमा भागवण्डा गरियोः महासचिव पोखरेल

Nepal One HD ११ फागुन २०८० ८:१०
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयको उपकुलपति राजनीतिक भागबन्डाकै आधारमा नियुक्ति गरेको आरोप लगाएको छ । एमाले महासचिव शंकर पोखरेलले उपकुलपति नियुक्तिमा खुला आवेदन र प्रतिस्पर्धा भनिएपनि त्यो नाटक मात्र भएको बताएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको अध्यक्षतामा गठित छनोट समितिले सिफारिस गरेका ३ जनामध्ये बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रा.डा. केशरजंग बराललाई त्रिविको उपकुलपतिमा नियुक्त गरेपछि एमालेको यस्तो प्रतिक्रिया आएको हो ।महासचिव पोखरेलले भनेका छन्, ‘उपकुलपति नियुक्तिमा भागवण्डा नै गर्नु थियो भने खुला आवेदन र प्रतिस्पर्धाको नाटक मंचन नगरेकै भए हुन्थ्यो । अनि आफूले विश्वास गरेको नेतृत्व छान्दा विगतका असफल र विवादास्पद मान्छे नछानेको भए हुन्थ्यो । विद्यार्थीको विदेश पलायनता रोक्नुपर्ने समयमा विश्वविद्यालयमा नेतृत्व चयनमा सरकारको कदम ’काशी जानु कुतीको वाटो’ जस्तो देखियो ।’


प्रतिक्रिया