`

शिक्षाबिना देश विकासको कल्पना गर्न सकिँदैन – मुख्यमन्त्री चौधरी

Nepal One HD १२ फागुन २०८० ७:४२
शिक्षा

तुलसीपुर (दाङ) – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शिक्षाबिना देश विकासको कल्पना गर्न नसकिने बताउनुभएको छ । दाङको तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविको शुक्रबार ६९औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा गुणस्तरीय भएमा मात्रै मुलुकले कोल्टे फेर्ने बताउनुभयो ।

पछिल्लो समय सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यामबाट पठन–पाठन थालिएकाले निजी विद्यालयभन्दा राम्रो नतिजा ल्याउन थालेको मुख्यमन्त्री चौधरीले बताउनुभयो । उहाँले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति रहेको बताउनुभयो । कृषिले नै मुलुकलाई समृद्ध बनाउने उहाँको भनाइ थियो ।

प्रधानाध्यापक विष्णुकुमारी केसीले हाल विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म दुई हजार सात सय ५१ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो । विद्यालयमा हाल उच्च मावि, व्यवस्थापन तथा मानविकी समूह, विज्ञान समूह र प्राविधिक शिक्षातर्फ तीनवर्षे बाली विज्ञानको पढाइ भइरहेको छ ।


प्रतिक्रिया