`

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

Nepal One HD १३ फागुन २०८० १६:०३
प्रमुख खबर

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई वार्ताका आउनका लागि आव्हान गरेको छ । काठमाडौं केन्द्रित आन्दोलनमा रहेका पीडितलाई गृह मन्त्रालयले वार्ता आउन आग्रह गरेको हो ।

मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गर्दै आन्दोलनरत पीडितलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन गरेको हो ।मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समितिमार्फत देशभरका मिटरब्याज पीडित विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । यतिबेला उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपाससमेत गर्दै आएका छन् ।


प्रतिक्रिया