गृहमन्त्री सुधनमाथि आक्रमण भन्ने समाचारबारे सचिवालयले यस्ताे दियाे जवाफ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको भन्ने समाचारलाई उनको सचिवालयले पूर्ण रूपमा असत्य र भ्रामक भएको जनाएको छ।
मंगलबार जारी गरिएको एक विज्ञप्तिमार्फत सचिवालयले सामाजिक सञ्जाल तथा केही माध्यमहरूमा गृहमन्त्रीमाथि आक्रमण भएको भन्दै फैलाइएका सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेको हो।
सचिवालयका अनुसार गृहमन्त्री गुरुङमाथि कुनै प्रकारको आक्रमण वा अप्रिय घटना भएको छैन।
सचिवालयले गृहमन्त्रीमाथि आक्रमण भएको भन्दै फैलाइएका समाचारलाई कपोलकल्पित र तथ्यहीन प्रचारको संज्ञा दिएको छ।
साथै यस्ता अपुष्ट तथा भ्रामक सूचनाले जनमानसमा भ्रम सिर्जना गर्ने भएकाले आधिकारिक स्रोतबाट पुष्टि नभएका समाचारमा विश्वास नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मङ्गलबार बिहानैदेखि सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङमाथि आक्रमण भएको दाबी गर्दै विभिन्न पोस्टहरू भाइरल भएका थिए।
त्यसपछि बढ्दो भ्रम चिर्न सचिवालयले औपचारिक रूपमा खण्डन जारी गर्दै सत्यतथ्यमा आधारित जानकारी मात्र विश्वास गर्न अनुरोध गरेको हो।
