`

पार्टी बैठकमा फरक मत राखेका उपमहासचिव शर्मा भन्छन्– ‘अविचलित रुपमा अगाडि बढ्नुको बिकल्प छैन’

Nepal One HD १७ फागुन २०८० १५:१२
प्रमुख खबर

काठमाडौं । पार्टीमा नेताहरुको कार्यविभाजनप्रति असन्तुष्ट नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अविचलित रुपमा अघि बढ्नुको विकल्प नभएको बताएका छन् । बुधबारको पार्टी स्थायी समिति बैठकमा फरक मत राखेका उपमहासचिव शर्माले बिहीबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् । उनले आफूले पार्टी बैठकमा संस्थागत हितका लागि विषय उठान गरेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भर्खरै सम्पन्न स्थायी समिति बैठकमा केही महत्वपूर्ण सवालबारे पार्टी सुधारको पक्षमा व्यक्तिगत धारणा राख्नुपर्ने आवश्यकता ठहर गरि मैले संस्थागत हितका लागि विषय उठान गरेको हुँ ।’ उनले आफूले खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस् भन्ने चाहेको बताएका छन् ।

उनले भनेका छन्, ‘खासगरी पार्टीको विधान सम्मेलनबाट निर्मित विधान नथन्कियोस्, सो अनुरुप कार्यान्वयन, गुणात्मक सुधार सहितको बलियो पार्टी निर्माण गर्न आन्तरिक जनवाद सहित नेता, कार्यकर्ताको न्यायोचित र पूर्वाग्रह रहित कार्यविभाजन हुनुपर्छ भन्नेमा जोड दिने कुरा पार्टीलाई बलियो बनाउने कुरा हो । हामीसँग बलिदानको धरोहर सहिद, घाइते, अपांगप्रतिको जिम्मेवारी उपलब्धिको रक्षा र दायित्व रहेकोले अविचलित रुपमा अगाडि बढ्नुको बिकल्प छैन ।’ शर्माले पार्टी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष प्रचण्डकी बुहारी विना मगरलाई सुदूरपश्चिम प्रदेशको सहइन्चार्ज बनाएकोप्रति आपत्ति जनाएका थिए ।


प्रतिक्रिया