`

दमकबाट फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु

Nepal One HD १८ फागुन २०८० ९:३९
प्रमुख खबर

मोरङ । झापाको दमकबाट तमोर करिडोर हुँदै फिदिम जाँदै गरेको बोलेरोलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी–३ पुरानो मालपोत अगाडि शुक्रबार बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए ।

दुर्घटनामा जिप चालक बिर्तामोड नगरपालिका–२ झापाका ३६ वर्षीय कृष्ण गजुरेल, जिपमा सवार झापाको कमल गाउँपालिका–२ का करिब ५१ वर्षीय यदुकान्त भट्टराई र गीता खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१ख ९६७६ नम्बरको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसलाई ठक्कर दिँदै सोही दिशामा रहेको मे१ज २८५६ नम्बरको बोलेरोलार्ई ठक्कर दिएको थियो । घाइतेको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया