बर्दियाको ठाकुरबाबामा आगलागी हुँदा एकजनाको मृत्यु

समाचार

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।
गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति ११ बजेतिर जैसीको शव पूर्णरूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । उनको शव परीक्षणका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट