`

सरकार र आरती साहको परिवारबीच पाँच बुँदे सहमति

Nepal One HD २९ फागुन २०८० २२:४४
प्रमुख खबर

काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच पाँचबुँदे सहमति गरेको छ । मंगलबार राति गृह मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा पाँच बुँदे सहमति भएको हो । सहमति अनुसार आरती मृत्यु प्रकरणमा थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाइने भएको छ ।

त्यस्तै, अनुसन्धान टोलीले मृतक आरतीका परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ ।अनुसन्धान टोलीले आरतीको मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरूका सम्बन्धमा अनुसन्धान गर्नेछ ।

आरतीको परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान हुनेछ । घटनाको सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने सहमति भएको छ ।

घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू पनि अध्ययन गरिनेछ । यसैगरी आरतीको परिवारलाई राहतस्वरूप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Fdeepak.r.bohara%2Fvideos%2F371636742451138%2F&show_text=false&width=267&t=0


प्रतिक्रिया