`

सुन तस्करी प्रकरणबारे निर्णय लिन प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

Nepal One HD २ चैत २०८० १४:१९
अपराध

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिबारेमा आजकाृे मनित्रपरिषद् बैठकले निर्णय लिने बुझिाएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्यलगायतलाई विभागीय कारबाहीको तयारी भएको छ । ६० केजी सुन र भेपमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सुन तस्करीबारे जाँचबुझ गर्न गठित आयोगले सिफारिस गरेको छ ।


प्रतिक्रिया