गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको अध्यक्ष ओलीको टिप्पणी
राजनीति
काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति के लागि बन्ने भन्दै सम्भव नै नरहेको बताएका हुन् ।
सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उतेजना देखाएर संसद अवरुद्ध गर्ने काम गरेको उनले बताए । ओलीले कांग्रेसबाट परिवक्क प्रतिपक्षीको भूमिकाको आह्वान गरेका छन् ।
त्यसअघि संसदमा कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
