समाजवादी मोर्चामा एमाले सहभागी नहुने
प्रमुख खबर
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको भेटपछि अध्यक्ष ओलीले समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारेका हुन् ।
उनले संचारकर्मीलाई अहिलेको समसामायिक बिषयमा प्रधानमन्त्रीसंग राम्रै कुरा भएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
दुई नेताबीच संसदमा कांग्रेसको विरोध, संक्रमणकालीन न्यायसम्बन्धि विधेयक लगाएतका बिषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसअघि बसेको चार दलीय समाजवादी मोर्चाको बैठकमा नेकपा एमालेलाई पनि सहभागी गराउने बारेमा छलफल भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
