`

इलाम–२ मा रास्वपाको उम्मेदार मिलन लिम्बु

Nepal One HD १५ चैत २०८० १८:१३
प्रमुख खबर

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ ।
बिहीबार केन्द्रीय कार्यालय चःमतिमा आकांक्षी उम्मेदारसंगको गहन छलफलपछि सर्वसम्मपतले मिलन लिम्बुलाई उम्मेदार बनाउने निर्णय भएको हो ।

इलाम–२ मा उम्मेदार बन्न ६ जना आकांक्षी अघि सरेका थिए । रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिएका छन् ।

वैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । रास्वपाले प्रदेशसभाका लागि बझाङ ‘क’ मा भने उम्मेदारी नदिने यसअघि नै निर्णय गरिसकेको छ । सत्ता गठबन्धनले इलाम र बझाङमा छुट्टाछुट्टै उम्मेदारी दिने सहमति गरेका छन् । जसअनुसार एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, जसपा एक्लाएक्लै मैदानमा उत्रिनेछन् ।


प्रतिक्रिया