राष्ट्रपति पौडेल चितवनमा
प्रमुख खबर
चितवन । राष्ट्रपति रामचन्द्र पौडेल चितवन पुगेका छन् । भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिन्टार जोड्ने मोटर गुड्ने पुलको उद्घाटनका लागि राष्ट्रपति पौडेल केहीबेरअघि चितवन पुगेका हुन् । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार राष्ट्रपति पौडेलले पुल उद्घाटनसँगै तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रममको ज्येष्ठ नागरिक भवनकोसमेत शिलन्यास गर्ने कार्यक्रम छ ।
विसं २०७१ कात्तिक २० गते शिलन्यास भएको सो पुलको निर्माणमा २१ करोड ६८ लाख आठ हजार रुपैयाँ खर्च भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
