लुम्बिनीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु, बहुमत सदस्यसहित मुख्यमन्त्रीका लागि महराको दाबी पेश
राजनीति
लुम्बिनी । लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।
शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् । महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ जना सांसदले हस्ताक्षर गरेका छन् ।
बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चौधरीले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हो । एमालेका २९, माओवादीका १०, जसपाका ३, एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएको हो । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
