`

सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति गठन नगरे कांग्रेसले संसद बैठक चल्न नदिने

Nepal One HD २७ चैत २०८० ११:१८
राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन् ।

उनले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्नेमा संलग्न रहेकाले छानबिनमा कांग्रेस एकमत रहेको बताए। उनले भने,‘कांग्रेस संसदीय दलको बैठकले कांग्रेसले गरेको माग उचित छ भन्ने ठहर गरेको छ। कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ।’

उनले छानविन नभएर संसद अगाडि बढ्न नसक्ने बताए । उनले संसद्का कामकारबाही प्रभावित भए सरकार जिम्मेवार हुने उनको भनाई छ।


प्रतिक्रिया