`

विपक्षी दलहरुको विरोधका कारण संसद बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

Nepal One HD २८ चैत २०८० १३:३१
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित भएका छ । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समय सञ्चालन गर्न लागेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बैठकमा नाराबाजी गरेका थिए ।

सभामुख आकस्मिक समय सकिएलगत्तै शून्य समयमा प्रवेश गर्न लागेपछि कांग्रेस, राप्रपा र र लोसपाका सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले बैठक वैशाख २ गतेसम्म स्थागि गरेका हुन् ।

सहकारी ठगीमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाही गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । उसले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने जनाएको छ।


प्रतिक्रिया