सांसद हसिना खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ
राजनीति
काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले सपथ लिएकी छिन् । शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले सांसद खानलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सपथपछि सभामुख घिमिरेले सांसद खानलाई सांसदको लोगो लगाइदिएका थिए । सपथपछि सांसद खानले आफ्नो कामको बारेमा अध्ययन गर्ने बताइन् । महिला अधिकारका साथै जिम्मेवारी अनुसार काम आफुले गर्ने उनले बताइन् ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले बाँकेकी खानको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
