`

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेण्डा

Nepal One HD १० वैशाख २०८१ ८:३४
राजनीति

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान १० बजे बैठक बोलाएका हुन् ।

बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदैछन् ।

कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ ।

बैठकले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले सरुवा बढुवा र अन्य नियमित निर्णयहरु समेत गर्नेछ ।


प्रतिक्रिया