दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा
समाचार
बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन धरौटी बुझाएर रिहा भएका छन् ।
सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका पुनसँग गत शुक्रबार जिल्ला अदालतले रुपन्देहीले चार लाख धरौटी मागेको थियो ।
तर धरौटी नबुझाएपछि उनी जेल चलान भएका थिए । शुक्रबार चार लाख रुपैयाँ धरौटी बुझाएर पुन रिहा भएका रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
