`

सुडानको डार्फरमा जारी तनावप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

Nepal One HD १५ वैशाख २०८१ ७:५७
विश्व

सुडानको उत्तरी डार्फर क्षेत्रमा जारी द्वन्द्वका बारेमा बढ्दो चिन्ताजनक रिपोर्टप्रति संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले शुक्रबार ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताको कार्यालयले एल फाशर शहरमा ‘समन्वित आक्रमण’ हुन सक्ने चेतावनी दिएको छ ।

“शहरमा आक्रमण भएमा सर्वसाधारणका लागि विनाशकारी परिणाम हुनेछ । तनावको यो वृद्धि पहिले नै अनिकालको सङ्घारमा रहेको अवस्थामा छ,” गुटेर्रेसले त्यहाँ युद्ध नगर्न यसअघि गरेको आह्वानलाई दोहो¥याउँदै कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बीचको लडाईं गत अप्रिल १४ देखि एल फाशरतर्फ अघि बढेपछि भएको झडपमा महिला र बालबालिकासहित कम्तीमा ४३ जनाको मृत्यु भइसकेको छ ।यसअघि शुक्रबार संयुक्त राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर तुर्कले पनि शहरनजिकै भएको लडाइँप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको थियो ।

तुर्कको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “उत्तरी डार्फरको एल फाशेर शहर र त्यस वरपर बढ्दै गएको हिंसाप्रति उहाँ गम्भीररूपमा चिन्तित हुनुहुन्छ यहाँ विगत दुई हप्तामा दर्जनौं व्यक्तिको मृत्यु भएको छ ।”जनरल अब्देल फतह अल बुरहानको एसएएफ सेना र जनरल मोहम्मद हमदान डग्लोको नेतृत्वमा रहेको एफएसआर अर्धसैनिक बलबीच गत वर्ष भएको लडाइँपछि देशमा लाखौं मानिस विस्थापित भएका छन् । केही समय अघिसम्म आरएसएफको नियन्त्रणमा नरहेका डार्फर राज्यको अन्तिम राजधानी एल फाशेर युद्धबाट तुलनात्मक रूपमा अप्रभावित थियो ।


प्रतिक्रिया