साना टापु राज्यहरूले संयुक्त राष्ट्रको अदालतमा मुख्य जलवायु मुद्दा जिते


बर्लिन। संयुक्त राष्ट्रसङ्घको समुद्री अदालतले मङ्गलबार नौवटा साना टापु राष्ट्रहरूको पक्षमा फैसला सुनाएको छ । ती राज्यले विनाशकारी जलवायु परिवर्तनबाट विश्वका महासागरहरूको सुरक्षा बढाउन माग गरेका थिए ।
कार्बन उत्सर्जनलाई समुद्री प्रदूषक मान्न सकिन्छ भन्ने फेला पार्दै अदालतले महासागरहरूमा उनीहरूको प्रभावलाई कम गर्न उपायहरू अपनाउनुपर्ने देशहरूको दायित्व रहेको बताएको छ ।“वातावरणमा मानवजनित हरितगृह ग्यास उत्सर्जन समुद्री वातावरणको प्रदूषणको कारक हो”, अन्तर्राष्ट्रिय सन्धि युएनसिएलओएसअन्तर्गत समुद्री कानूनका लागि अन्तर्राष्ट्रिय न्यायाधिकरण (आइटिएलओएस) ले विज्ञहरूको रायमा फैसला गरेको छ ।
त्यसकारण प्रदूषक देशहरूसँग आफ्नो अधिकार क्षेत्र वा नियन्त्रणमा रहेका उत्सर्जनले अन्य राज्य र वातावरणलाई प्रदूषणले नोक्सान पु¥याउँदैन भन्ने सुनिश्चित गर्नका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने विशेष दायित्व रहेको अदालतले जनाएको छ ।
एन्टिगुवा र बारबुडा, भानुआटु र टुभालुलगायत जलवायु परिवर्तनबाट असमानरूपमा प्रभावित नौ साना देशहरूले सेप्टेम्बरमा यो मुद्दा ल्याएका थिए ।ती देशले ह्याम्बर्गस्थित अदालतलाई महासागरहरूले अवशोषित कार्बन डाइअक्साइड उत्सर्जनलाई प्रदूषण मान्न सकिने भनेर राय जारी गर्न आग्रह गरेका छन् ।युएनसिएलओएस सन्धिले देशहरूलाई महासागरहरूको प्रदूषण रोक्न बाध्य पार्छ, समुद्री जीवलाई हानि पुर्याउने प्रदूषणलाई समुद्री वातावरणमा पदार्थ वा ऊर्जाको परिचयका रूपमा परिभाषित गर्दछ । तर यसले कार्बन उत्सर्जनलाई विशिष्ट प्रदूषकका रूपमा व्याख्या गर्दैन ।