`

सुनको मूल्य तोलामा १८  सयले बढ्यो

Nepal One HD २४ जेठ २०८१ ११:४७
अर्थ समाचार

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार प्रतितोला एक हजार आठ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला  एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला  एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य बिहीबार एक हजार आठ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला  एक हजार आठ सय २५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया