`

कर्णालीमा झोलुंगे पुलको लठ्ठा चुँडिदा पुलमा फसे १४ वटा खच्चड

Nepal One HD २७ जेठ २०८१ १२:४६
प्रमुख खबर

कर्णाली । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछामबाट दैलेखतर्फ आउँदै गरेका खच्चरहरु दैलेख र अछाम जोड्ने झोलुंगे पुलमा अड्किएका दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपर सुनिल दाहालले जानकारी दिएका छन् ।

पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । प्रहरीकाअनुसार घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको छ ।

उद्धारका लागि असईको नेतृत्वमा सात जना प्रहरीको टोली पुगिसकेको उनले बताए । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2Famjamchand.thaquree%2Fvideos%2F1205398793788466%2F&show_text=false&width=269&t=0


प्रतिक्रिया