`

कर्णाली नदीको पुलमा अड्किएका ९ वटा खच्चडको उद्धार, दुईको मृत्यु

Nepal One HD २७ जेठ २०८१ १५:००
प्रमुख खबर

कर्णाली । पुलको लठ्ठा चुँडिएर कर्णाली नदीको पुलमा अड्किएका खच्चडको उद्धार गरिएको छ । दैलेखको आठबीस नगरपालिका– ६, खिड्कीज्युला र अछामको पञ्चदेव विनायक नगरपालिका जोड्ने कर्णाली नदीको पुलमा अड्किएका ९ वटा खच्चडको उद्धार गरिएको दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी दिए ।

जाली काटेर ९ वटा खच्चडको जीवितै उद्धार गरिएको छ । दुईवटा खच्चड भने मरेका छन् । अझै पुलमा दुईवटा खच्चड अड्किएका छन् । जाली काटेर खच्चडलाई नदीमा झारी उद्धार गरिएको थियो । नदीमा तल डुंगामा राखेर खच्चडलाई नदीबाट बाहिर निकालिएको थियो ।


प्रतिक्रिया