`

तराईमा आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग सांसद यादवको माग

Nepal One HD ३१ जेठ २०८१ १३:३६
राजनीति

काठमाडौं / नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले तराईका बिभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुमै सांसद यादवले मधेशका तीन जिल्ला महोतरी सप्तरी, सर्लाहीमा आगलागीका कारण २ सय ७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलव्ध गराउन सरकारसंग माग गरेका हुन् । उनले आगलागीका कारण दुई करोड भन्दा बढिको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने धारणा राखे ।

त्यस्तै सांसद यादवले यस बर्ष मनसुनका कारण अन्य बर्षमा भन्दा धेरै क्षति हुनसक्ने आंकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गरे । उनले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आँकलन गरिएको अवस्थामा तयारी पनि त्यसै अनुरुप हुनुपर्ने जिकिर गरे ।


प्रतिक्रिया