मौलापुर नगरपालिकाले ल्यायो ३९ करोडको बजेट

अर्थ समाचार

रौतहत । रौतहटको मौलापुर नगरपालिकाको निः शुल्क बिजुली पानीको घोषणासहित ३९ करोड़को बजेट ल्याएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहको प्रमुखआतिथ्यमा नगरसभामा बजेट प्रस्तुत गरिएको हो । बजेटले विभिन्न लोकप्रिय कार्यक्रमहरु घोषणा गरेको छ ।
मौलापुरले लिएको ‘शून्य कर नीति’ सराहनीय रहेको छ । त्यस्तै, ‘बिजुली– पानी निःशुल्क, गरिब दलितलाई एकीकृत आवास, छोरीसँग मेयर कार्यक्रम, निःशुल्क प्राविधिक शिक्षा जस्ता कार्यक्रमहरु ल्याइएको छ ।
धुँवा चूल्हो मुक्त अभियान गरी कच्ची सडकमुक्त अभियान र झुपड़ी मुक्त अभियान अगाडि बढ़ाउने घोषणा बजेटमा गरिएको छ । यसरी जनता केन्द्रित बजेट ल्याएकोमा मौलापुरको सर्वत्र सराहना भइरहेको छ ।




प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट