आइओसीद्वारा इटालीमा हुने शीतकालीन युवा ओलम्पिक खेलकुद २०२८ को प्रस्ताव

खेलकुद

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शनिबार इटालीमा सन् २०२८ शीतकालीन युवा ओलम्पिक खेलहरू (वाइओजी) का लागि प्रस्ताव जाँच गर्न गर्न इटालेली ओलम्पिक समितिलाई लक्षित वार्तामा आमन्त्रण गरेको छ ।
आइओसी कार्यकारी बोर्डले डोलोमिटी भाल्टेलिना र लोम्बार्डी, ट्रेन्टिनो र भेनेटोका क्षेत्रीय साझेदारहरूलाई शीतकालीन वाइओजीको अर्को संस्करणका लागि रुचाइएको आयोजकको रूपमा तोकेको छ । यो परियोजना सन् २०२६ मिलानो–कोर्टिना शीतकालीन ओलम्पिक खेलहरूको विरासतमा आधारित हुनेछ ।
यसका लागि आयोजक आयोगले परियोजनाका सबै रणनीतिक र प्राविधिक तत्वहरूको विश्लेषण गर्ने र यस वर्षको अन्त्यमा आइओसी कार्यकारी बोर्डलाई रिपोर्ट गर्नेछ । युवा ओलम्पिक खेलहरू आयोजना गर्नका लागि सबै आवश्यकताहरू पूरा भएमा डोलोमिटी भल्टेलिना २०२८ लाई भविष्यको आइओसी सत्रद्वारा चुनावका लागि अगाडि बढाइनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट