`

गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु

Nepal One HD २२ साउन २०८१ १३:२४
समाज

गुल्मी । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरोले पुरिँदा चार जनाको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम बिक, उनका छोरा वर्ष ४६ का गोरे बिक, हुकुमकी बहिनी वर्ष ६६ की मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिएका छन् ।

त्यस्तै पहिरोले पुरेर ३१ वर्षका विष्णु विक र उनकी श्रीमती २३ वर्षकी मुना विक घाइते भएकी छन् । घाइतेलाई उद्धार गरी स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि पठाएको छ ।


प्रतिक्रिया