`

बङ्गलादेशका सबै पक्षलाई संयमता अपनाउन राष्ट्रसङ्घका महासचिवको आग्रह

Nepal One HD २२ साउन २०८१ १६:४८
विश्व

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बङ्लादेशको घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाउँदै विरोध प्रदर्शनमा ज्यान गुमाउनेहरु प्रति शोक व्यक्त गरेका छन् ।

महासचिव गुटेरेसले घटनामा संलग्न सबै पक्षलाई शान्ति र संयमता अपनाउन आग्रह गदै शान्तिपूर्ण, व्यवस्थित र लोकतान्त्रिक महत्वमा जोड दिए ।

उनले प्रधानमन्त्री शेख हसिनाको राजीनामा सम्बन्धी सेना प्रमुखको घोषणा र अन्तरिम सरकार गठन गर्ने योजनासहित देशका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको उहाँको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसका प्रवक्ताले विज्ञप्ती जारी गर्दै बङ्लादेशका जनताको पक्षमा रही उनीहरूको मानव अधिकारको संरक्षणका लागि आह्वान गरेका छन् ।

उनले विज्ञप्तिमार्फत बङ्गलादेशमा भएका हिंसाजन्य क्रियाकलापको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिएका छन् ।


प्रतिक्रिया