`

नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न ओमान इच्छुक

Nepal One HD ११ भदौ २०८१ १४:१२
अर्थ समाचार

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आएका विदेशमन्त्री अल्बुसैदीले मंगलबार दिउँसो राणासँग भेटवार्ता गरेका हुन् ।

परराष्ट्रमन्त्री राणले भेटमा नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘श्रमिक सम्बन्धी, स्वास्थ्य सम्बन्धी, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानी गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ ।


प्रतिक्रिया