इरानमा बस र कार ठोक्किँदा एकको मृत्यु, ३७ घाइते

शिक्षा

दक्षिणपूर्वी इरानको सिस्तान र बलुचेस्तान प्रान्तमा सोमबार एउटा कार र बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ३७ जना घाइते भएका छन् ।
उत्तरपूर्वी इरानको खोरासान रजावी प्रान्तबाट फर्कंदै गरेको पाकिस्तानी नागरिक बोकेको बस सिस्तान र बलुचेस्तानको निमरुज काउन्टीको इन्टरसिटी सडकमा कारसँग ठोक्किएको युनिभर्सिटी अफ मेडिकल साइन्सेसका मेडिकल आकस्मिक सेवा र सङ्कट व्यवस्थापन प्रमुख मोहम्मद मोहम्मदीले भन्नुभयो ।
कार चालकले एम्बुलेन्स आउनुअघि नै ज्यान गुमाए र घाइतेमध्ये दुई जनालाई अस्पतालमा सारिएको मोहम्मदीले भन्नुभयो । अन्य ३५ घाइतेले घटनास्थलमा प्राथमिक आकस्मिक उपचार पाएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट