`

लागुऔषध कारोबारी प्रहरीको थुनाबाटै फरार

Nepal One HD २५ कार्तिक २०८१ ७:२४
समाचार

बरहथवा (सर्लाही-लागुऔषध ओसारपसार मुद्दामा पक्राउ परेका अभियुक्त इलाका प्रहरी कार्यालय हरिवनको थुनुवा कक्षबाट फरार भएका छन् । बरहथवा नगरपालिका–९ मूर्तियाका रामआयोधी मुखिया फरार भएका हुन् ।

हिरासत कक्ष सरसफाइ गर्ने क्रममा मुखिया फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उनीमाथि लागुऔषध गाँजा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको थियो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट थुनुवा अधिकृतसहित चार जनालाई जिल्ला प्रहरी कार्यालय झिकाएर अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । फरार अभियुक्त मुखियाको खोजी भइरहेको छ ।


प्रतिक्रिया