प्रधानसेनापति सिग्देलद्वारा भारतीय समकक्षीसँग भेटवार्ता
राजनीति
काठमाडौँ- मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले भारतीयस्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग भेटवार्ता गर्नुभएको छ ।
साथै, उहाँले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, ‘चिफ अफ डिफेन्स स्टाफ अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
आजै, प्रधानसेनापति सिग्देलले भारतको नयाँदिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्प गुच्छा चढाई वीर सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । त्यसैगरी उहाँको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
