इन्डोनेसियाद्वारा बी४० बायोडिजेल उत्पादन


इन्डोनेसियाले हालको ३५ प्रतिशत संरचनाबाट ४० प्रतिशत पाम आयल र ६० प्रतिशत डिजेल रहेको बायोडिजेल ईन्धन उत्पादन गरिसकेको छ, जुन आगामी वर्षदेखि देशमा प्रयोग हुन थालेको अधिकारीहरूले जनाएका छन् । बी४० बायोडिजेललाई डिजेल इन्जिनहरूमा प्रयोग गरिन्छ ।
उप ऊर्जा तथा खनिज स्रोतमन्त्री जुलिएट तान्जुङले भन्नुभयो,“सरकारले सन् २०२५ सम्ममा १५ करोड ६२ लाख किलोलिटर बी४० बायोडिजेल उत्पादन गर्ने लक्ष्य राखेको छ । लक्ष्यमा आधारित हामी सन २०२५ जनवरी १ देखि उपभोक्ताहरूलाई वितरण गर्ने आशा गर्दछौं ।”
ऊर्जा संरक्षणका महानिर्देशक आनिया लिस्टिआनी डेभीले बी४० बायोडिजेल पहिले नै उत्पादन भइसकेको र दुबै मोटर वाहन र गैर–अटोमोटिभ अनुप्रयोगहरूको लागि सडक परीक्षणहरू पारित गरिएको छ ।
“कारखानाले पहिले नै बी४० बायोडिजेल उत्पादन गरिसकेको छ, जुन जनवरी १ मा डेलिभर हुनेछ,” उहाँले थप्नुभयो ।