`

परराष्ट्रमन्त्री राणाद्वारा नगरप्रमुख हमालको स्वास्थ्यलाभको कामना

Nepal One HD १४ पुष २०८१ ७:२३
प्रमुख खबर

कैलाली- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले धनगढीस्थित नगरप्रमुख हमालको निजी निवास पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

भेटका क्रममा मन्त्री राणाले नगरप्रमुख हमालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री राणासँगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि नगरप्रमुख हमाललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।

नगरप्रमुख हमाल केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि भारतको नयाँ दिल्लीमा उपचार गरेपश्चात हाल घरमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।


प्रतिक्रिया