`

एमाले सचिवालय बैठक बस्दै

Nepal One HD १८ पुष २०८१ ८:३८
प्रमुख खबर

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज मध्यान्ह केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

यही पुस १० गते बसेको सचिवालय बैठकले पुस २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

बैठकले केन्द्रीय कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरुबारे जानकारी, विगतका सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णयको अनुमोदन र समसामयिक प्रस्तावसहित चार एजेण्डा पनि तय गरेको थियो ।


प्रतिक्रिया