`

शेरा दरबार प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याइयोस्ः प्रचण्ड

Nepal One HD १८ पुष २०८१ १३:०२
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अध्यक्ष प्रचण्डले दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।

बैठकमा नेकपा एमालेका सांसद वासुदेव घिमिरेले शेरा दरबार प्रकरणलाई लिएर प्रश्न उठाएका थिए । जवाफमा प्रचण्डले यसमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘म प्रधानमन्त्री भएको बेला भनेको थिएँ कि भ्रष्टाचारमा म पनि संलग्न भएको पाइए कारबाहीको दायरामा ल्याइयोस् । शेरा दरबारमा दोषीलाई कारबाहीको दायरामा ल्याइयोस् ।’

 उनले शेरा दरबार प्रकरणको अनुसन्धानमा आफूले सघाउने र सरकारलाई धन्यवाद दिने पनि बताए ।


प्रतिक्रिया