`

सरकारविरुद्धको रणनीति सार्वजनिक गर्न विपक्षी दलले पत्रकार सम्मेलन गर्दै

Nepal One HD ४ माघ २०८१ ८:४७
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित संसदका ६ वटा विपक्षी दलले आज पत्रकार सम्मेलन गरी बैठकका निर्ण सार्वजनिक गर्ने भएका छन् ।

आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी विपक्षी दलले निर्णय सार्वजनिक गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ । गत बुधबार नेकप माओवादी केन्द्रको आह्वानमा विपक्षी दलको बैठक बसेको थियो । बैठकले सरकार स्वेच्छाचारी बन्दै गएको निष्कर्ष निकालेको थियो ।

सरकारले संसदको हिउँदे अधिवेशन बोलाउनुको साटो अध्यादेशमार्फत कानुन जारी गर्न अघि बढेको भन्दै विपक्षी दलले आपत्ति प्रकट गरेका छन्।

बुधबार बसेको बैठकले विपक्षी दलको संयुक्त वक्तव्य तयार गर्न माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुषाललाई जिम्मेवारी दिएको थियो ।

सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै विपक्षी दलले सरकारलाई नियमित हिउँदै अधिवेशन बोलाउन दबाब सिर्जना गर्ने तयारी गरेका छन् । सरकारले तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने उनीहरुबीच समझदारीसमेत बनेको छ ।


प्रतिक्रिया