अब एमालेमै फर्किन्छुः वामदेव गौतम

प्रमुख खबर

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एमालेमा फर्किने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्तापछि गौतम एमालेमै फर्किन सहमत भएका हुन् ।
प्रधानमन्त्रीसँगको फोन वार्तापछि गौतमले आफू एमालेमा नै जान तयार भएको बताएका छन् । आइतबार प्रधानमन्त्री ओलीसँग फोनवार्ता भएको र कुरा सकारात्मक भएको गौतमले जानकारी दिएका छन् ।
पछिल्लो समय गौतम नेकपा एकीकृत समाजवादीमा फर्किने कुरा भएको थियो । त्यसक्रममा गौतम र माधव नेपालबीच पटक पटक वार्तासमेत भएको थियो । तर जिम्मेवारीबारे कुरा नमिलेपछि उनी एमाले नै जान तयार भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट