चितवनमा युवक कुटपिट घटना छानबिन गर्न समिति गठन

प्रमुख खबर

काठमाडौ । चितवनमा युवकलाई निर्घात कुटपिट गरिएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।
घटनाबारे आवश्यक अनुसन्धान गरेर गल्ती गर्नेहरूलाई नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने उनलेले बताए । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा भिडियो भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट