`

यो सरकार धेरै जाँदैन : प्रचण्ड

Nepal One HD ८ माघ २०८१ १५:२६
प्रमुख खबर

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले छिटै ढल्ने संकेत गरेका छन् ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गद अध्यक्ष प्रचण्डले माओवादीको प्राथमिकतामा सरकारमा नभएको स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो प्रथामिकतामा सरकार छैन । हामी संगठन निर्माणमा छौं । तर यो सरकार धेरै जाँदैन ।’

उनले सदनमा विधेयक नलगी अध्यादेशबाट सरकार चलाउन खोजिएकोमा आपत्ति जनाउँदै ओली सरकार बनेदेखिनै संविधान र लोकतन्त्रको भावनाविरुद्ध काम भइरहेको आरोप लगाए ।

प्रचण्डले सुशासन, आर्थिक विकास र भ्रष्टाचार नियन्त्रणमा विशेष काम गर्दैगर्दा असंवैधानिक र अपारदर्शी ढंगबाट नयाँ सरकार बनेको दाबी गरे ।


प्रतिक्रिया