`

लेखा समिति सभापतिका पूर्वस्वकीय सचिवलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश

Nepal One HD १० माघ २०८१ १८:५९
प्रमुख खबर

विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा छाड्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ठगी मुद्दामा ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीका बौआलाल चौधरीलाई २०७१ देखि २०७३ सालसम्म ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । पोखरेल गत २५ पुसमा पक्राउ परेका थिए । उनीविरूद्ध ३८ लाख ८० हजार रूपैयाँ ठगी गरेको अभियोग लगाइएको छ।


प्रतिक्रिया